Back to Home

Watch No problem




१६ की रेजिना

नायिका रेजिना उप्रेतीको उमेर कति होला ? धेरैले भन्छन्, रेजिनाले २८ नाघिन तर उनी आफै १६ कि भएँ भन्दै मख्ख पर्छिन । मंगलवार जन्मदिन मनाएकी रेजिना जन्मदिन मनाउन मनकामना पुगेकी थिइन ।

रेजिनाको साथमा थिए शुक्रवारबाट रिलिज हुन लागेको चलचित्र चिनोका निर्माता/निर्देशक तथा रेजिनाका विशेष साथी शोभित बस्नेत अनि चिनोमा म्याडम काजोल बनेका राजेन्द्र खड्गी ।

जन्मदिन मनाउन साथै मनकामना पुगेका रेजिना, शोभित र राजेन्द्रले चिनोको सफलता र रेजिनाको दिर्घायुको कामना गरेका थिए । मनकामनाबाट रमाइलो गर्दै तल झरेका राजेन्द्रले त्यही बेला रेजिनालाई फ्याट्ट सोधे आजदेखि १९ पुगेर १८ मा लाग्यौ ? रेजिनाले मन्द मुस्कानका साथ भनिन, होइन १६ कि भएँ ।

१६ वर्षको उमेरमा कुरकुरे वैंश आउँछ भन्छन्, कतै रेजिनाको अहिले कुरकुरे वैंश आएको त होइन् । त्यसैले उमेरले नेटो काटे पनि रेजिना १६ कि भएँ भन्दै मख्ख छिन् ।

फोटो चोरिएपछि…

गायिका क्रिस्टिना एग्युलेरा यतिबेला निकै तनावमा छन् । हुन पनि उनका अति गोप्य नग्न र अर्धनग्न तस्बिरहरू एकाएक इन्टरनेटमा जो सार्वजनिक भएका छन् । उनको निजी वेबसाइटमा खोल्न नमिल्ने गरी राखिएका कामुक र उत्तेजक तस्बिरहरू कम्युटर हृयाकरले चोरिदिएपछि उनका तस्बिर इन्टरनेटमा छ्यापछ्याप्ती भेटिएका थिए ।

तस्बिर चोर्ने विरुद्ध उनले तत्काल उजुरी गरेको र केही वेबसाइटबाट ती तस्बिर हटाइएका पनि छन् । विभिन्न कोणबाट खिचिएका ती तस्बिर उनको निजी प्रयोजनका लागि खिचिएको थियो । स्थानीय अधिकारीले चोर चाँडै समातिने आश्वासन उनलाई दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

भारतीय नायिका सोनम नेपालमा !

मुम्बइबाट नेपालमा मनिषा कोइराला मात्र आउँदैछैनिन्, अर्की नायिका पनि नेपाल आउने तयारीमा छन् । ती नायिका हुन्, अनिल कपुरकी छोरी सोनम कपुर । साँवारियाबाट बलिउडमा डेब्यु गरेकी सोनम नेपालमा घरजम गर्न होइन, घुमफिर गर्न आउन लागेकी हुन् । साँवारियापछि दिल्ली-६, आइ हेट लभ स्टोरिज र आयशा फिल्ममा अभिनय गरेकी सोनम अहिलेसम्म बलिउडमा हिट हुन सकेकी छैनन् ।
तर उन्को स्टायल भने पुरै भारतमा चर्चाको विषय हुने गरेको छ । यिनै नायिका सोनम नेपालको भ्रमणमा आउन लागेकी हुन् । उनी नेपाल आए पछि हिमालको हवाईदृष्य अवलोकन गर्ने मुडमा छन भने पशुपतिनाथसँग फिल्मको सफलताका लागि दुई हात जोर्ने मनस्थितिमा पनि ।
तर सोनम कहिले नेपाल आउने हुन्, कति दिन बस्ने हुन् र भगवान पशुपतिसँग के माग्ने हुन, ती सबै कुराको विस्तृत विवरण भने आएको छैन । सोनम नेपाल आए यो खबरबाट तपाई बेखबर हुनुहुनेछैन, यो हाम्रो प्रतिवद्धता हो ।